INSEC Online

📅 २०८३ जेष्ठ २१

लामो लकडाउका कारण आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा पारेको प्रभावका कारण आत्महत्याको घटनामा बृद्धि

लामो लकडाउनको कारणले मानिसहरूमा आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव परेकाले सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको घटनामा बढोत्तरी भएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले इन्सेक जिल्ला प्रतिनिधि संगको भेटमा बताउनु भयो ।

एसपी महर्जनको भनाइ अनुसार कोरोना नियन्त्रणको लागि ०७६ चैत ११ देखि ०७७ साउन ६ गते सम्म ४४ जनाले आत्महत्या गरेका छन् ।  आत्महत्या गरेका मध्य झुण्डिएर ४०, विष सेवन गरी चार जनाले आत्महत्या गरेका छन् । यो संख्या समान्य अवस्थाको भन्दा बढि भएको एसपी महर्जनको भनाई छ ।

पहिलो पटक यति लामो समय घरमै थुनिएर बस्नुपर्दा, ब्यवसाय संञ्चालन गर्न नपाउदा, लकडाउन पछि जिवनयापन सहज हुन्छ भनेर आशावादी हुन नसक्ने अवस्थाले पनि कतिपय ब्यक्तिले आत्महत्याको गलत बाटो रोजेको एसपी महर्जनले बताउनु भयो ।

लकडाउनको अवधिमा मानिसहरूमा सामाजिक, पारिवारीक, प्रेम, एक्लोपन र मानसिक कारणले आत्महत्याका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । डिएसपी काफ्लेका अनुसार लकडाउको अवधिमा मानिसहरू घरमै रहने, कामकाज नहुने र बिभिन्न कानसिक कुण्ठाहरू उत्पन्न भएर पनि आत्महत्याका घटना बढेको घटना अनुसन्धानले देखाएको छ ।

अन्य

भिडियो