हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारमा खटिएका २५ वर्षीय प्रहरी जवान ललित वलीमाथि हातपात गरेको आरोपमा चंखेली गाउँपालिका-३ मेखालाका १९ वर्षीय अजय रोकाया र सर्केगाड गाउँपालिका-६ का २० वर्षीय कमल शाहीलाई कात्तिक २५ गते प्रहरीले गिराफ्तार गरेको छ ।
बजारमा नेपाल प्रहरीको पोशाक लगाएर खटिएका प्रहरी जवान वलीले सार्वजनिक ठाउँमा चुरोट खाएको देखेपछि नखान आग्रह गर्दा अजय रोकाया आफूमाथि जाइलाग्दै ‘तिम्रो बाउको सम्पति खाएको हैन’ भन्दै हातपात गरेको वलीले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालयका सई खडक मल्लले प्रहरीमाथि हातपात गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको बताए ।