INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्रपुर नपा–२ खरियान डाडा निवासी ४० वर्षीय जमान सिंह वाइबालाई असार २३ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ ।

चन्द्रपुर नपा—२ को वन क्षेत्रबाट प्रतिबन्धित विप्लव कार्यकर्ता वाइबालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।

वाइबा विगतमा इलाका प्रहरी कार्यालयबाट चलेको ज्यान मार्ने उद्योग र हात हतियार खरखजाना मुद्दामा बारदात पश्चात फरार रहेका प्रतिवादी रहेकोले गिरफ्तार गरिएको डिएसपी शाहीले जानकारी दिनु भयो ।

अन्य

भिडियो