INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया छोरीलाई जेठ ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय बुवालाई विजयवस्ती प्रहरी चौकीका प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

घटनाका बारेमा पीडित बालिकाले सोही दिन आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

पीडित बालिकाले घटनाबारे बताएलगत्तै स्थानीयले ती बालिकाका बुवालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयले ती आरोपित बुवालाई कुटपिट समेत गरेका थिए ।

विजयवस्ती प्रहरी चौकीका सई सुरज आचार्यका अनुसार बालिकासँग घटनाबारे प्रारम्भिक सोधपुछ गर्दा बालिकाले आफू बुवाबाट पीडित भएको बताएकी छिन् ।

बालिकाको स्वास्थ्य परीक्षण र थप अनुसन्धान पछि मात्र घटनाबारे विस्तृतमा बताउन सकिने सई आचार्यले जानकारी दिनु भयो । आरोपित बुवालाई प्रहरीले आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ ।

अन्य

भिडियो