जिल्ला अस्पताल पर्बतका प्रमुख ३९ वर्षीय डाक्टर शिशिर देबकोटालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला अस्पताल पर्वतमा छोराको उपचारका लागि आएका ३५ वर्षीय अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको छ ।
फलेबास नपा– १ कार्कीनेटाका पौडेलले वैशाख ३१ गते जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेका थिए ।
पौडेलले स्वास्थ्यकर्मी छोराको रेखदेखमा नियमित नआएको भन्दै गालीगलौज र हातपातको प्रयास गरेका थिए । कोरोना महामारीको बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि बैशाख ३१ गते बिहान अरूण पौडेलले हातपात गर्न खोजेको र अपसब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै कारवाहीको माग गर्दै जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर देबकोटाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय पर्बतमा मौखिक उजुरी दिनुभएको थियो ।
प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी छोराको उपचार पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतमा हाजिर हुने गरी तारेखमा छाडिएको इन्सपेक्टर बिकास थापाले जानकारी दिनुभयो ।