INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका –८ नागीधारका ६० वर्षीय खुसबहादुर गुरुङलाई जेठ १ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २ गते पीडितलाई घरमा बसिरहेको बेला यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । पीडितले घटनाको केही दिनपछि परिवारलाई जानकारी गराएकी थिइन् । गाउँमै कुरा मिलाउन दवाब दिइएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका हुन् । आरोपितलाई गिरफतार गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख ३१ गते गरिएको  प्रहरीले जनाएको छ ।

अन्य

भिडियो