INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकलगायत विभिन्न सङ्घ संस्थाले गरे बहोअर्वा घटनाको अनुगमन

रामनगर गाउँपालिका–४ बहोअर्वामा कात्तिक १२ गते वडा अध्यक्षमाथि १५/१६ जनाको समूहले आक्रमण गरी घाइते बनाएको र भोलिपल्ट १३ गते गोली प्रहारबाट ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

एक जनाको मृत्यु र गोलीको छर्राबाट सात जना घाइते भएका उक्त घटनाको अनुगमनका लागि इन्सेकलगायत विभिन्न सङ्घसंस्थाले कात्तिक २० गते घटनास्थल पुगी सरोकारवालासँग भेटघाट गरेका छन् ।

अनुगमनमा इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, कार्यक्रम संयोजक जागेश्वर यादव, इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदास, सर्लाही जिल्ला प्रतिनिधि पचुलाल माझी, ओरेकबाट निर्मला काफ्ले, नेपाल मानव अधिकार सङ्घ धनुषाबाट मनोज सिंह दनुवार, कोक्यापबाट चन्दन कर्ण, गणेश खडकालगायत मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा काजक्रियामा बसेका मृतकका ३० वर्षीय छोरा रमोध महतोले बावुको हत्यामा संलग्नलाई पहिचान गरी गिरफ्तार गर्न नसकेको गुनासो गरे ।

दोषी कुनै हालतमा उम्किनु हुँदैन, निर्दोष पर्नु हुँदैन भन्ने निर्देशन दिइएकाले त्यसै अनुसार दुई जना संग्दिग्धलाई गिरफ्तार गरिएको र अन्यको खोजी कार्य तीव्र रूपले गरिरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

अन्य

भिडियो