INSEC Online

📅 २०८३ जेष्ठ २१

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा गाउँपालिकाको साइनबोर्ड जलाइयो

थवाङ गाउँपालिकाको साइनबोर्ड नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ११ गते जलाएका छन् ।

गाउँपालिकाको नियमित कामका लागि गएका कर्मचारी कार्यालयमा बसेको अवस्थामा करिव सात/आठ जनाको सङ्ख्यामा आएका नेकपाका कार्यकर्ताले साइनबोर्ड झिकेर जलाइदिएको वडा कार्यालयका सचिव अधिकार बुढाले बताए ।

आफूहरूले नफाल्न अनुरोध गर्दा हातपात गर्ने धम्की दिएको बुढाले आरोप लगाए । यस्तै रून्टीगढी गाउँपालिकाको साइनबोर्ड वैशाख १० गते नेकपाका कार्यकर्ताले जलाइदिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनको खारेज गर्ने भन्दै आफ्नो पार्टीले पहिलो चरणमा गाउँपालिकाको बोर्ड फाल्ने अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीका सदस्य धनबहादुर खत्रीले बताए । पहिलो चरणमा गाउँपालिकाको बोर्ड हटाउने, निर्वाचन प्रक्रियालाई सहयोग नगर्न कर्मचारीलाई अनुरोध गर्ने अभियान चलाइरहेको खत्रीले बताए ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले यस बारेमा आफूले पनि सञ्चार माध्यमबाट खबर सुनेको बताए । प्रजिअ भट्टराईले अहिलेकै अवस्थामा निर्वाचनका लागि सुरक्षा चुनौती नरहेको बताए ।

अन्य

भिडियो