INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ की ३५ वर्षीया रूपधनी सार्कीलाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति डल्लो सार्कीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

तिहारमा माइतीघर जाने विषयमा विवाद हुँदा पीडित महिलालाई आरोपितले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडित पक्षले आरोपितविरूद्ध प्रहरी चौकी त्रिपुराकोटमा कात्तिक १६ गते उजुरी दिएको छ ।

अन्य

भिडियो