माई नगरपालिका–५ मा कात्तिक १६ गते बेलुका ६५ वर्षीय वृद्ध देउमान नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय नाति सञ्जय राईलाई सोही दिन गिरफ्तार गरेको छ ।
घरायसी विवाद हुँदा सञ्जयले वियरको बोतलले हजुरबाको टाउकोमा प्रहार गरेका थिए । नेम्वाङको घटनास्थलमै मृत्यु भएको इलामका डिएसपी टङ्क भट्टराईले जानकारी दिए । शवको पोष्टमार्टमका लागि मेचि अञ्चल अस्पताल झापा लगिएको प्रहरीले जनाएको छ ।