शिवराज नगरपालिका-१ बनकट्टाकी ३५ वर्षीया सुमित्रा परियारलाई ४० वर्षीय पति बसन्त परियारले कात्तिक ११ गते बन्चरो प्रहार गरी हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पीडित महिलाका छोराछोरी सुतिसकेको समयमा कात्तिक ११ गते राति आरोपितले सुमित्रालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।
मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका इन्स्पेक्टर महेश्वर उपाध्ययले बताए ।
हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कात्तिक १२ गते शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारका २ छोरा र १ छोरी रहेका छन् ।