नौमूले गाउँपालिका–४ कालिका गाउँकी ५० वर्षीया शान्ति पुनको हत्या गरेको आरोपमा प्रहरीले शान्तिका ५१ वर्षीय पति शेरबहादुर पुनलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।
छिमेकी घरमा दसैँ भोज खान गएर घर फर्कने क्रममा बाटोमै विवाद हुँदा सियला बारीमा धारिलो हतियार प्रहार गरी पुनको हत्या गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
कातिक ३ गते साँझ ८ बजेतिर बारीमा हत्या गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । शवको पोष्टमार्टम कात्तिक ४ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।