१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लमही नपा–७ का २० वर्षीय परिवर्तन बुढा, २० वर्षीय अभिषेक बोहरा र २१ वर्षीय धर्मबहादुर बुढाथोकीलाई प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई कात्तिक १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो ।
पीडितले कात्तिक २ गते आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएपछि घटनापछि फरार चारजनामध्य तीनलाई लमहीबाटै कात्तिक ३ गते गिरफ्तार गरी अनुसन्धान थालेको र २२ वर्षीय रुपलाल चौधरी फरार भएको इन्स्पेक्टर अरुणकुमार सिंहले जानकारी दिए ।
यसैगरी सुस्तमनस्थिति भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लमही नपा– १ का ४७ वर्षीय बमबहादुर चौधरीलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार प्रयास गरेको पीडितले आरोपित लगाइन् । पीडित पक्षले कात्तिक ३ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोहीदिन गिरफ्तार गरेको वडाप्रहरी कार्यालयका इन्स्पेक्टर सिंहले जानकारी दिए ।