INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–८ का ३६ वर्षीय बच्चु भनिने अहमद चुरौटेलाई असोज २१ गते पाँच वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले कैदसँगै पीडितले पाउने गरी २० हजार रुपियाँ पीडकले क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला भएको अदालतका नायब सुब्बा श्याम ओझाले बताए ।

पीडित महिलालाई आरोपितले ०७५ साउन १० गते बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी प्रहरीले भदौ ४ गते अदालतमा मुद्दा दर्ता गराएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ११ गते कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।

अन्य

भिडियो