INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित समूहद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दलाई अपरिचित व्यक्तिको समूहले आसोज २० गते कुटपिट गरेको छ ।

प्रशासकीय अधिकृत चन्द राति कोठामा सुतिरहेको बेला तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

पीडित चन्दले भने–‘अज्ञात व्यक्तिहरूले ढोकामा ढक्ढक्याई बडिमालिका नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेका छन् । ढोका खोल्नुस् भन्ने आवाज सुनेँ । म सुतिसकेँ भोलि भेटौला भन्दा ढोका फोरेर आक्रमण गरे ।’

व्यक्तिगत विवाद कसैसँग नभए पनि नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नपा–८ का वडा अध्यक्ष प्रकाश रावलले योजना बनाएर आफूमाथि आक्रमण गर्न लागाएको भन्दै असोज २१ गते वडा अध्यक्ष रावलका विरूद्धमा पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

वडा अध्यक्ष रावले आफूमाथि लगाएको आरोप सत्य नभएको प्रतिक्रिया दिएका छन् । आक्रमणकारीमध्ये एक जनाको घडी चेन टुटेको अवस्थामा चन्दको कोठामा  खसेको अवस्थामा फेला परेको डिएसपी सागर बोहोराले बताए ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले भने–‘प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ ।’ घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहोराले जानकारी दिए ।

अन्य

भिडियो