देउमाइ नगरपालिका–१ स्थित चौरी बजारमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्र्ताले असोज २० गते प्रहरीको मोटर साइकलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
चौरी बजारमा ५–६ जना कार्यकर्ताको समूहले भित्ते लेखन गर्दै गरेको खबर पाएर रक्से प्रहरी चौकीबाट सादा पोशाकमा गएका प्रहरी देखेपछि सो पार्टीका कार्यकर्ता भाग्ने क्रममा प्रहरीको बा २ ब ५६१५ नम्बरको मोटर साइकललाई ढुङ्गा हानेर तोडफोड गरिदिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले जानकारी दिए । आरोपितहरू फरार रहेकाले खोजी गरिरहेको श्रेष्ठले बताए ।