३८ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङको निसीखोला गाउँपालिका-४ कानाबगरका ३५ वर्षीय लोकिश्वर भुसाललाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १४ गते बलात्कार प्रयास गरेपछि पिर्काले हिर्काएर भागेको भन्दै पीडित महिलाले असोज १५ गते इलाका प्रहरी कार्यालय झिवाखोलामा मौखिक उजुरी दिएकी थिइन् ।
पीडित महिलाको मौखिक उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, झिवाखोलाले आरोपित भुसाललाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङ पठाएको सई रिणबहादुर बैद्वारले जानकारी दिए । पीडितले असोज १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएकी छिन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १६ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।