बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालयको कक्षा १० मा अध्यायनरत १७ वर्षीय विद्यर्थी खुमन सार्कीलाई कुटपिट गरेको प्रहरीले आरोपमा सोही विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलाई असोज ११ गते गिरफ्तार गरेको छ ।
प्रार्थनाको समयमा विद्यालय ढिलो आएको भन्दै प्रधानाध्यापक श्रेष्ठले असोज २ गते कुटपिट गरेको आरोपमा इन्सेकको सहयोगमा खुमनका बावु वीरबहादु्र सार्कीले असोज ५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयमा उजुरी गरेका थिए ।
उजुरी पछि फरार रहेका प्रधानाध्यापक श्रेष्ठ असोज ११ गते प्रहरीको सम्पर्क आएपछि गिरफ्तार गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
प्रधानाध्यापक श्रेष्ठको कुटपिट गर्दा खुमन सार्कीको देब्रे कानबाट रगत बगेको थियो । कुटपिटबाट घाइते भएका सार्कीको उपचार भरतपुर, चितवनमा गरिएको थियो ।