INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा भेटिएको बम नेपाली सेनाद्वारा निष्कृय

जिल्ला अस्पतालको भवन अघि चौरमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले असोज ९ गते निष्कृय बनाएको छ ।

जिल्ला अस्पतालको कम्पाउण्ड भित्र रहेको प्रशासन कार्यालय भवनको पाँच मिटर अगाडि उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर गिहेन्द्रबहादुर बोगटीले बताए ।

जिल्ला अस्पतालका कर्मचारीले बिहान ११ बजे शङ्कास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेको अस्पतालका डक्टर रञ्जितकुमार यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार उक्त बम कसले राखेको हो पत्ता लागेको छैन ।

घटनास्थलमा पुगेका प्रहरीले बम जस्तै शङ्कास्पद वस्तु देखेपछि नयाँ भैरवीदल गुल्मका नेपाली सेनालाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भएको एकीन गरेपछि घटनास्थलबाट केही टाढा पुर्‍याई दिउँसो १ बजे निष्कृय गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो