१८ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित ठूलोसिरुवारीका २२ वर्षीय रामबाहादुर श्रेष्ठलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले आरोपितविरूद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा असोज ६ गते गरिएको छ ।