१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नपा–८ पुलाहाका ६२ वर्षीय सुहिलाल चौधरीलाई जिल्ला अदालतले भदौ १८ गते सात वर्ष कैद र पीडितलाई ३० हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कार गरेको ठहरमा सो फैसला सुनाएको हो । पीडित बालिकालाई चौधरीले ०७४ फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २६ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । उजुरी परे लगत्तै गिरफ्तार भएका चौधरीलाई जिल्ला अदालतले ०७४ चैत १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।