INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाद्वारा वडा सदस्यको घर कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माडी गाउँपालिका–१ का वडा सदस्य हरिप्रसाद घर्तीको फेदीखोलामा रहेको घर भदौ १४ गते झण्डा गाडेर कब्जा गरेको छ ।

वडा सदस्य घर्तीले वडामा सञ्चालित विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोपमा घर कब्जा गरेको नेकपा माडी गाउँपालिकाका ‘जनसत्ता’ प्रमुख सूर्य खड्काले बताए । आर्थिक विवरण सार्वजनिक नगरेसम्म घर जग्गा कब्जा हुने खड्काले बताए । विभिन्न योजनाको ४ लाख २४ हजार हिनामिना गरेको नेकपाको आरोप छ ।

वडा सदस्य घर्तीले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा घर कब्जा भएको उजुरी दिएपछि घरको ढोकामा लगाएको ताला र धुरीमा गाडिएको झण्डा फालिएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इञ्चार्ज प्रहरी निरीक्षक इन्स्पेक्टर राजकुमार पहाडीले बताए ।

वडा सदस्य घर्तीले आफूलाई नेकपाका कार्यकर्ताले भदौ ११ गते दिउँसो घरबाट बोलाएर नरदुङमा लगेर योजनामा भ्रष्टाचार गरेको भन्दै कुटपिटसमेत गरेको उजुरीमा उल्लेख गरेका छन् ।

अन्य

भिडियो