मायादेवि गाउँपालिका–४ तुल्सीदिहवाकी ३३ वर्षीया मन्दि यादवलाई पति विदेश भएको अवस्थामा ३० वर्षीय देवर जयराम यादव र ५० वर्षीय ससुरा रामशरण यादवले घरायसी विवादका कारण भदौ १३ गते कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितको आरोप छ ।
कुटपिटका कारण पीडित महिलाको पेट र ढाडमा गम्भीर चोट लागेकोले उपचारको लागि भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले जानकारी दिए ।
आरोपितद्वयलाई भदौ १३ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घरमा पति नभएको अवस्थामा उनलाई मानसिक तथा शारीरिक रूपमा यातना दिने तथा घरेलु हिंसा हुँदै आएको स्थानीयको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।