INSEC Online

📅 २०८३ जेष्ठ २१

देवर र ससुराद्वारा कुटपिटका कारण गम्भीर घाइते महिलाको भारतमा उपचार हुँदै

मायादेवि गाउँपालिका–४ तुल्सीदिहवाकी ३३ वर्षीया मन्दि यादवलाई पति विदेश भएको अवस्थामा  ३० वर्षीय देवर जयराम यादव र ५० वर्षीय ससुरा रामशरण यादवले घरायसी विवादका कारण भदौ १३ गते कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितको आरोप छ ।

कुटपिटका कारण पीडित महिलाको पेट र ढाडमा गम्भीर चोट लागेकोले उपचारको लागि भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले जानकारी दिए ।

आरोपितद्वयलाई भदौ १३ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घरमा पति नभएको अवस्थामा उनलाई मानसिक तथा शारीरिक रूपमा यातना दिने तथा घरेलु हिंसा हुँदै आएको स्थानीयको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्य

भिडियो