INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारका आरोपित बालकविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ बालिकाले बताइन् ।

पीडित बालिकालाई असहज भएपछि अभिभावकले सोधपुछ गर्दा घटनाका बारेमा बताएकी थिइन् । घटनाबारे बिद्यालयमा जानकारी गराएपनि बाहिर नल्याउन विद्यालय व्यवस्थापनले आग्रह गरेको अभिभावकले जानकारी दिए ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी दिएपछि भदौ ११ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।

आरोपितलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा बोलाएको समयमा  उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महताले बताए ।

अन्य

भिडियो