६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ बालिकाले बताइन् ।
पीडित बालिकालाई असहज भएपछि अभिभावकले सोधपुछ गर्दा घटनाका बारेमा बताएकी थिइन् । घटनाबारे बिद्यालयमा जानकारी गराएपनि बाहिर नल्याउन विद्यालय व्यवस्थापनले आग्रह गरेको अभिभावकले जानकारी दिए ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी दिएपछि भदौ ११ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।
आरोपितलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा बोलाएको समयमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महताले बताए ।