INSEC Online

📅 २०८३ जेष्ठ २१

एघार वर्षीया बालिका मृत फेला, एक गिरफ्तार

एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा साल्पासिलिछो गाउँपालिका-५ सालेवाका २० वर्षीय सञ्जय राईलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको छ ।

भदौ ११ गते खाना खाएर नाताले मामा पर्ने आरोपितसँग मोबाइलमा फिल्म हेर्छु भन्दै सुतेकी बालिका १२ गते बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मृत्युको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिएकाले बालिकासँगै सुतेका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जीव ओलीले बताए ।

शवको पोष्टमार्टम १२ गते साँझ जिल्ला अस्पताल खाँदवारीमा गरिएपनि रिपोर्ट नआएकाले बलात्कारपछि हत्या हो वा सामान्य मृत्यु भन्ने बारेमा केही भन्न नसकिने इन्स्पेक्टर ओलीले बताए ।

घटनास्थलबाट जिल्ला अस्पताल भोजपुर पुग्न दुई दिन पैदल हिँडुनु पर्ने बाध्यताका कारण एक दिनको यात्रामा जिल्ला अस्पताल खाँदवारी पुग्न सकिने भएकाले शव खाँदवारी पठाइएको इन्स्पेक्टर ओलीको भनाई छ । बालिकाकी आमा धनमणी राई र सौतेनी बाबु (डोलाजी) राजन राईसँग बस्दै आएकी छिन् ।

अन्य

भिडियो