१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीविरूद्ध पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते प्रहरीमा उजुरी दिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा भदौ ११ गते गरिएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत भानु शर्माले बताए ।