INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्तिपुर्ण वातावरण निर्माण गर्नका लागि आह्वान, हिजोबाट लगाइएको कर्फ्यु जारी

जिल्लाको शान्ति सुरक्षाको अवस्था विग्रँदै गएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले चार बुँदे निर्णय गरेको छ ।

photo20180825kanchanpur (2)बैठकमा छलफलपछि प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनालाई शहीद घोषणा तथा क्षतिपुर्तिका लागि तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय सरकार)सँग माग गर्ने, घाइतेहरूको उपचार समयमा नै सहज ढङ्गले गर्ने र उपचार पश्चात कोही जीवन निर्वाह गर्न असमर्थ भएमा न्यायोचित जीविकोपोर्जनको व्यवस्था गर्ने, आन्दोलनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड एवम् क्षति, आन्दोलनमा अत्यधिक बल प्रयोग र गोली चलाइएका सम्बन्धमा छानविन गरी दोषी उपर कडा कारबाहीका लागि छानविन समिति गठन गर्न गृह मन्त्रालयसँग माग गर्ने र भविष्यमा कुनै पनि अप्रिय घटना दोहोरिन नदिन, घटनाको निष्पक्ष छानविन र शान्ति सुरक्षा कायम राख्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलगायत आम नागरिकलाई आवश्यक सहयोग गरी सहज वातावरण कायम गर्न सबैलाई अपिल गर्ने लगायतका चार बुँदे निर्णय गएिको छ ।

photo20180825kanchanpur (3)

भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १५ वर्षीय सन्नी खुनाको मृत्यु पश्चात प्रदर्शनले उग्र रूप लिएको र लगातारको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप् बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले सदरमुकाम महेन्द्रनगर बजार र आसापास क्षेत्रमा ८ गते साँझ ८ बजेदेखि जारी गरेको अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ ।

कर्फ्युका कारण भारतका विभिन्न स्थानबाट गड्डाचौकी नाका भई नेपाल आउने यात्रुहरू अलपत्र परेका छन् भने सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ।

photo20180825kanchanpur (1)

अन्य

भिडियो