विर्तामोड नपा-५ सुब्बाचोककी आठ वर्षीया छोरी सफलतालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया आमा हेमन्ता कुरुम्वाङ (लिम्बू )लाई भदौ ६ गते गिरफ्तार गरेको छ ।
भदौ ६ गते बिहान विद्यालय जाने समयमा कपाल कोर्न नमानेको भन्दै आमा हेमन्ताले आठ वर्षीया छोरी सफलतालाई लाठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
टाउको र कञ्चटमा चोट लागेकी बालिकाको विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आरोपितलाई तत्कालै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । शवको पोष्टमार्टम सोही दिन मेची अञ्चल अस्पतालमा गरिएको छ ।