INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा गिरफ्तार

नारायण नपा–८ तर्ताङ्गकी ३० वर्षीया इशारा खत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति पदमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

घरायसी विवाद हुँदा साउन १८ गते बिहान पत्नीको देब्रे कोखामा चक्कु प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिए ।

पीडित महिलाको प्रारम्भिक उपचार दैलेख जिल्ला अस्पतालमा गरेपछि थप उपचारका लागि साउन १८ गते क्षेत्रीय अस्पताल सुर्खेत पुर्‍याइएको छ । पीडितको देब्रे कोखामा चोट लागेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो