महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र एउटा कुर्सीमा आगजनी गरेका छन् ।
एक साताअघि क्याम्पसमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरू बीच विवाद भएको र उक्त विवाद मिलाउन क्याम्पस प्रमुखले पहल नगरेको भन्दै विद्यार्थीहरूले आगजनी गरेको इलामका एसपी माधवप्रसाद श्रेष्ठले बताए । आगजनीपछि क्याम्पसमा प्रहरी पुगेको थियो ।