INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ की ७६ वर्षीया कौशिलादेवी पौडेलको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा धिरज पौडेललाई जिल्ला अदालतले असार ३१ गते जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । मृतक कौशिलाको ०७५ वैशाख २८ गते घरायसी विवादमा ढोकामा लगाउने आग्लो प्रहार गरी आरोपितले हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा वैशाख २९ गते पीडित पक्षले उजुरी दिएको थियो ।

लासको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा वैशाख २९ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई वैशाख २९ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित जेठ २१ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो