INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले कुटपिट गरेको आरोपमा प्रहरीमै उजुरी

गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३१ गते उजुरी दिएका छन् ।

पीडित नरबहादुरका अनुसार गाउँमा असार २६ गते झगडा हुँदा आफूले बगहावाला भन्नेलाई कुटपिट गर्दा उनको हात भाँचेपछि उपचारको खर्च तिर्नु पर्ने सहमति भएको थियो ।

आपूmले समयमा रकम जम्मा गर्न नसकेपछि असार २८ गते राति ११ बजे प्रहरी जवानले काम छ भनी चौकीमा बोलाउँदा भाइसहित चौकी जाने क्रममा बाटोमै रहेको पानी ट्याङ्कीमा बोलाएर भाइलाई समान लिन पठाई आप्mनो हातगोडा बाँधेर लाठी र बुटले निर्घात कुटपिट गरेको पीडितले आरोप लगाए ।

कुटाइबाट घाइते भएका राईको उपचार गोलबजार स्थित भुमिजा अस्पतालमा असार २९ गतेदेखि भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर भगिरथ रेग्मीले आरोपित जवान सरुवा भएर रमाना  लिएर गएको र सोही दिन घटना घटाएको खुल्न आएको बताउँदै तत्कालै कारबाही प्रकृया अगाडि बढाउने बताए ।

अन्य

भिडियो