गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३१ गते उजुरी दिएका छन् ।
पीडित नरबहादुरका अनुसार गाउँमा असार २६ गते झगडा हुँदा आफूले बगहावाला भन्नेलाई कुटपिट गर्दा उनको हात भाँचेपछि उपचारको खर्च तिर्नु पर्ने सहमति भएको थियो ।
आपूmले समयमा रकम जम्मा गर्न नसकेपछि असार २८ गते राति ११ बजे प्रहरी जवानले काम छ भनी चौकीमा बोलाउँदा भाइसहित चौकी जाने क्रममा बाटोमै रहेको पानी ट्याङ्कीमा बोलाएर भाइलाई समान लिन पठाई आप्mनो हातगोडा बाँधेर लाठी र बुटले निर्घात कुटपिट गरेको पीडितले आरोप लगाए ।
कुटाइबाट घाइते भएका राईको उपचार गोलबजार स्थित भुमिजा अस्पतालमा असार २९ गतेदेखि भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर भगिरथ रेग्मीले आरोपित जवान सरुवा भएर रमाना लिएर गएको र सोही दिन घटना घटाएको खुल्न आएको बताउँदै तत्कालै कारबाही प्रकृया अगाडि बढाउने बताए ।