अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहको निरन्तर पहलपछि ताजाँकोट गाउँपालिका–१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले असार २९ गते रहात पाएका छन् ।
०७४ फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिठालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २५ घरमा आगो लागेको थियो । आगलागीबाट २२ घरधुरीका अन्नपातलगायतको क्षति र पशुपंक्षी मरेका थिए भने स्थानीय बिचल्लीमा परेका थिए ।
आगलागी पीडितलाई राहतको लागि जिल्ला प्रशासन कार्यालयमा फागुन १९ गते बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले गृह मन्त्रालयमा १५ क्वीन्टल खाद्यन्न र प्रति घरधुरीलाई ५ हजार रुपियाँका दरले उपलब्ध गराउन माग गरेपनि नेपाल सरकारले जम्मा १ क्वीन्टल ६० केजी चामलमात्र उपलब्ध गराएको थियो ।
सो कार्यालयबाट राहत उपलब्ध नभएपछि इन्सेक प्रतिनिधिलाई पहिलो पटक ०७४ चैत १२ गते राहत उपलब्ध गराइदिन लिखित निवेदनका साथ पीडित पक्षले अुनरोध गरेपछि केही ढिलासुस्ती भए पनि इन्सेक प्रतिनिधिले निरन्तर पहल गरेर असार २९ गते राहात उपलव्ध गराए ।
इन्सेक प्रतिनिधिले असार १२ गतेदेखि नियमित रूपमा जिल्ला प्रशासन कार्यालयमा गएर दैविप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासमक्ष आगलागी पीडितको राहतका विषयमा छलफल गरेपछि प्रति घरधुरीलाई ५ हाजार रुपियाँका दरले आजै राहात उपलब्ध गराइएको हो ।
दैविप्रकोप उद्धार समिति केन्द्रीय कार्यालयमा नपुगेको राहत तत्काल असार भित्रै उपलब्ध गराउने प्रजिअले बाचा गरेपछि पीडितहरूलाई ५ हजार रुपियाँका दरले असार २९ गते राहात वितरण गरेको छ । उक्त राहात वितरणमा बाटो खर्चको लागि इन्सेकले पनि २ हजार रुपियाँ उपलव्ध गराएको छ ।
