INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको शरीरमा मटितेल खन्याएर आगो लगाइ हत्या, आरोपित गिरफ्तार

वाणगङ्गा नपा–४ झुगाकी ३१ वर्षीया जोगकुमारी मगरलाई असार २२ गते रातिको समयमा शरीरमा मटितेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर मगरलाई  असार २३ गते गिरफ्तार गरेको छ ।

आगोले डढेर घाइते भएकी जोगकुमारीलाई प्रहरी चौकी जहदीबाट आएको असई ठाकुरप्रसाद अधिकारीको टोलीले राति नै सामुदायिक अस्पतालमा उपचारका लागि लगेकामा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा रिफर गरेकोमा पाल्पा अस्पतालमा लैजाने क्रममा बाटोमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले बताए ।

आगोले शरीरको बाहिरी भाग जलेको थियो । घटनामा संलग्न भएको आरोपमा पति नरबहादुर मगरलाई प्रहरीले असार २३ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको डिएसपी कार्कीले बताए ।

अन्य

भिडियो