INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १८ वर्षीय नातेदारलाई जिल्ला अदालतले असार २४ गते ६ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले आरोपितविरूद्घ ०७४ फागुन २८ गते परेको मुद्दामा सुनुवाइ गर्दै कैदसँगै २० हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत निर्णय गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

पीडित बालिकालाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

घटनाका दुवै पक्ष हाडनाताभित्र पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए ।

अन्य

भिडियो