INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गिरफ्तार

लम्कीचुहा नगरपालिका-९ दुर्गौलीकी ३२ वर्षीया गरिबी चौधरीलाई धरिलो हतियार प्रहार गरी असार २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति इन्द्रबहादुर चौधरीलाई असार २१ गते गिरफ्तार गरेको छ ।

गरिबीको टाउको लगायत शरीरका अन्य भागमा घाउ र चोट देखेपछि प्रहरीले मृतकका पतिलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमीरेले बताए ।

इन्द्रबहादुर चौधरीले छिमेकीहरूलाई आफ्नी पत्नी रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको बताएतापनि मृतकको शरीरमा घाउ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव मोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो