INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको झुठो उजुरी दिएको आरोपमा ३ हजार रुपियाँ जरिबाना, आरोपितलाई सफाइ

आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने चौरपाटी गाउँपालिका-४ पायलकी २५ वर्षीया ठम्मरा धामीलाई जिल्ला अदालत अछामले ३ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

झुठो उजुरी दिएको भन्दै ठम्मरालाई न्यायधीश धर्मराज पौडेलको इजलासले ३ हजार रुपियाँ जरिबाना तोकेको उक्त मुद्दाको बहसमा संलग्न अधिवक्ता गणेशप्रसाद ढुङ्गानाले जानकारी दिए । आरोपित रनसिंह धामीलाई भने अदालतले सफाइ दिएको छ ।

ठम्मराले जेठ ४ गते घरमै बलात्कार गरेको आरोपमा जेठ ८ गते प्रहरीमा आरोपितविरूद्ध उजुरी दिएकी थिइन् ।

रनसिंहलाई सोही दिन इलाका प्रहरी चौकी चौरपाटीले गिरफ्तार गरी जेठ २९ मा घटना जिल्ला अदालत अछाममा दर्ता गरको थियो ।

अन्य

भिडियो