INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि दुर्व्यवहार तथा कुटपिट गर्नेलाई ६ महिना कैद

सीतगङ्गा नपा-९ अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई सार्वजनिक स्थानमा कुटपिट तथा दुर्व्यवहार गर्ने राप्ती गाउँपालिका-१ पाखापानी दाङकी ३९ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनीता गुप्तालाई ६ महिना कैद तथा जनही २५ हजार रुपियाँ जरिबाना गरिएको छ ।

सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाएकोमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले असार १३ गते कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिबाना गर्ने निर्णय गरेका हुन् । साथै पीडितको उपचारमा लागेको १५ हजार रुपियाँ खर्चसमेत पीडितलाई उपलब्ध गराउने फैसला भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

०७५ जेठ २५ गते गुप्ता दिदी, बहिनीले दिलमायालाई भालुवाङस्थित घडेरी ५० हजार रुपियाँमा नदिएको भन्दै सडकमा लगेर ‘अर्धनग्न’ बनाएर कुटपिट गरेका थिए ।

पीडितले जेठ २७ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएपछि सोहीदिन गिरफ्तार गरिएका रेखा र अनीतालाई १८ दिन थुनामा राखेर अनुसन्धान गरिएको थियो ।

अन्य

भिडियो