INSEC Online

📅 २०८३ जेष्ठ २१

शोकसभा गरेर मुक्ति दिवस मनाए पूर्व कमलरीले

दाङका मुक्त कमलरीहरूले आफ्नो पाचौँ मुक्ति दिवस शोकसभा गरेर असार १३ गते घोराहीमा मनाएका छन् ।

बर्दियाकी ११ वर्षीया बालिका अस्मिता चौधरीको रहस्यमय मृत्युको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मुक्त कमलरी विकास मञ्च नेपाल केन्द्रीय कार्यालयले घोराहीमा र्‍याली तथा शोकसभा गरेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले जानकारी दिइन ।

Photo20180627Dang

मुक्तिका पाँच वर्ष बितेपनि बालिकाहरूलाई कमलरीको रूपमा राख्ने काम भइरहेको र उनीहरूमाथि यौन शोषणलगायतका हिंसापछि हत्यासमेत गरिएको भन्दै मुक्त कमलरीहरूले घोराही उपमहानगरपालिकाको कार्यालय नजिकैदेखि निकालेको र्‍याली जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय हुँदै तुलसीपुर चोकमा पुगेर शोकसभामा परिणत गरिएको थियो ।

कोणसभामा पूर्व कमलरीहरूले मुक्तिको महसुस हुने गरी काम गर्न सरकारसँग माग गरे । पछिल्लो अवस्थामा बर्दियामा बालिका हत्या गरिएको भन्दै दोषीमाथि कारबाही र अझै लुकीछिपी राखिएका कम्लरीहरूको मुक्तिको माग गरे । सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । दाङमा मात्रै ५ हजार मुक्त कमलरी रहेको तथ्याङ्क छ ।

अन्य

भिडियो