आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा-९ देउरीका ५५ वर्षीय सुर्यनारायण साहलाई असार १० गते गिरफ्तार गरेको छ ।
‘जबरजस्ती यौन दुर्व्यवहार’ गर्दै गरेको भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई गिरफ्तार गरी असार १० गते ‘जबरजस्ती करणी उद्योग’को उजुरी दर्ता गरेको जनाएको छ ।
घटनाबारे जानकारी नपाएका पीडितका अभिभावकलाई भिडियो देखाएपछि पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी दिएका छन् ।
यौन दुर्व्यवहार गर्दै गरेको भिडियो गोप्य रूपमा खिचेका विद्यालयका विद्यार्थीहरूले नै बेनामे पत्रसहित भिडियो पठाएको प्रहरीको अनुमान छ । आरोपित जिल्ला मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका छन् ।