दश वर्षअघि माइजोगमाई-३ नामसालिङका १४ वर्षीय मुकेस तामाङलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका माइजोगमाई-३ नामसालिङका खड्गबहादुर पुलामी मगरलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले मगरलाई पाँचथरको फालेलुङ गाउँपालिका-२ बाट गिरफ्तार गरी असार ७ गते इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए ।
माइजोगमाई स्थित नयाँबजारको जङ्गलमा शिकार खेल्ने क्रममा २०६४ साल पुस १४ गते साविक नामसालिङ-१ घर भएका १४ वर्षीय तामाङलाई भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको थियो ।
गिरफ्तार गरिएका मगरलाई असार ७ गते जिल्ला अदालतमा म्याद थप गरी पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरू गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।