INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सो आरोपमा हत्या गरेको कसुरमा चार जनालाई जन्मकैद फैसला

कथित बोक्सो आरोपमा नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ वैशाख ४ गते हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ३९ वर्षीय कान्छा शेर्पा थिङ, निमा भनिने निमा तेन्जेन थिङ, लवाङबुटी तामाङ थिङ र ४३ वर्षीय छेनुर्पु तामाङलाई जन्मकैद र जनही ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत रसुवाका न्यायाधीश बावुराम सुवेदीको जेठ २२ गते बसेको इजलासले हत्या घटनाको कसुरमा सो फैसला सुनाएको हो ।

उनीहरू चारै जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३.३ बमेजिम जन्मकैदको सजाय सुनाएको र पीडितको माग दावी बमोजिम नै अदालतले फैसला गरेको न्यायाधीश सुवेदीले बताए ।

घटनाका अन्य फरार आरोपित ११ जनालाई मुल्तवीमा राखिएको छ भने वाङटासी तामाङ र ४९ वर्षीय बहादुर लोप्चनलाई चार वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । घटनाका पीडित परिवारलाई नेपाल सरकारबाट ५ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरिएको छ ।

अन्य

भिडियो