INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक भएको छ ।

घिमिरेले ०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भूकम्पको लाभग्राहीको दोस्रो किस्ता रकम आएपछि पैसा तिर्ने भाखा राखेका थिए ।

भूकम्पको पैसा निकासामा ढिलाई भएपछि पौडेलले तत्काल पैसा दिनुपर्ने भन्दै दबाव दिएपछि  घिमिरेले गाई नै फिर्ता लिएर गएका थिए ।

गाई फिर्ता लिएर पौडेलको घरमा पुगेका घिमिरेलाई पौडेलले अन्य सहयोगीहरूको सहयोगमा कुटपिट गरी लुगा च्यातेर नाङ्गेझार बनाएका थिए । उनी करिब एक घण्टाको बाटो नाङ्गै भागेर घर पुगेका थिए ।

घटनापछि पीडितले सोही दिन वडा कार्यालय दुराउँमा निवेदन दिएकोमा जेठ २२ गते वडा कार्यालायमा मेलमिलापकर्ताहरू बसी छलफल भएको थियो । त्यहाँ समस्या समाधान नभएपछि जेठ २३ गतेमात्र घटना सार्वजनिक भएको हो ।

अन्य

भिडियो