वर्षीय बृद्धालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय केशव लुहारलाई जिल्ला अदालतले जेठ २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई ६ वर्षको कैद सजायको फैसला गर्नुका साथै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७४ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २८ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ फागुन २८ गते उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गरिएको थियो ।