INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद फैसला

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ऐँसेलुखर्क गाँउपालिका–५ का ४३ वर्षीय खेमराज वनलाई जिल्ला अदालतले जेठ २३ गते २ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ ।

न्यायाधीश किशोर घिमिरेको एकल इजलासले सो फैसला सुनाएको जिल्ला अदालत २ नम्बर फाँटका नायब सुब्बा मनकुमार राईले बताए ।

पीडित पक्षले ०७४ पुस १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपित विरूद्घ पुस १८ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो