साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडाकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति हर्कबहादुर राईलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी हर्कबहादुरले पत्नीलाई जेठ २० गते कुटपिट गर्दा मेनुकाको मृत्यु भएको थियो । मेनुकाको मृत्यु भएपछि स्थानीयले कुलुङ प्रहरी चौकीमा खबर गरेको र सोही आधारमा राईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।
शवको पोष्टमार्टमका लागि जेठ २२ गते सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।