INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई भिम बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो